ज्ञानु बराल GYANU BARAL

ज्ञानु बराल

gyanu

म ज्ञानु बराल,फेशन डिजाईनर । सानै देखि सामाजिक क्रियाकलापमा रुची भएकोले  म विभिन्न क्लब अनि सामाजिक संस्थाहरु मर्फत थुप्रै सामाजिक काम गरें । ती क्लव वा संस्थाहरुले कुनै एउटा एजेण्डा उठाएर केहि समयको लागि मात्र काम गर्थे, अनि त्यो एजेण्डा त्यतीकै छोडी दिन्थे । न त ती एजेण्डा राष्ट्रिय स्तरमा स्थापीत हुन्थे न त सो अनुसारको निती नियम नै बन्थ्यो । यी यस्ता कुराले गर्दा कता कता आफू नै असफल भैरहेको जस्तो लाग्थ्यो । निकै सोच्ने र ती कुरामा निकै चिन्तन गर्न थाले । निकै समयको चिन्तन पछि समस्याको जड राजनिती भएको पाएँ । सामाजिक संस्थामा उठाएका ती एजेण्डा त राजनिती दलका पो थिए । तर राजनिती दलले ती एजेण्डालाई कुनै सम्बोधन नगरेको पाएँ । हामी जनताको दैनिक जीवनका कुरा गर्थ्यौं तर दलहरु भने विभिन्न वाद, सिद्धान्त र नितीका कुरा गर्थे । यो वाद सिद्धान्तका कुराले भन्दा कार्यले मात्र समाज परीवर्तन हुने जब  मलाई आत्मज्ञान भयो अनि मैले राजनितीमा आउने निर्णय गरें ।

 वातावरण तर सहज थिएन । मेरो राजनिती पृष्ठभूमी थिएन र म युवा भएकोले मलाई धेरैले विश्वास नगरेको मैले पाएँ। राजनितीमा प्रवेश गर्दा साथी,भाई,छिमेकी अनि आफन्तले पनि अनौठो माने । तर मेरो परिवारले दिएको हौसला र  आँटले म आज समग्र रुपले राजनितीमा समर्पित  भइसकेको छु ।

हालसम्मको स्वार्थी राजनितीले देशलाई कुनै उचाईमा नलग्ने झन झन तल तल लग्ने कुरा साथीहरुलाई बुझाउँदै छु र अबको नेतृत्व युवाले लिनै पर्छ भनिरहेकी छु र मैले पनि नेतृत्व विकास गर्दै नेतृत्व लिदै पनि छु ।

म मेची देखि लुम्बिनीसम्म हिड्न लागिरहेकी हूँ।

I am Gyanu Baral, a fashion designer. From childhood itself I was involved in social works. Till date I have worked with various social clubs and organizations. But I realized that all  these organizations I was associated started with certain agenda but they lacked to give continuity to it. Neither these agendas were taken to national level nor were they successful enough to generate  new needed d rules and regulations . Because of these reasons, somewhere I had a feeling that I am still unsuccessful. I started to think about it deeply and then I realized that the root of all these problems was Politics. The agendas brought out by the social organizations ultimately belonged to the political parties. But it was painful to see that these agendas were of no interest to these political parties. At one end when we used to talk about citizen’s daily life chores, political parties where rather concerned about different ideologies, principles and policies. I had a self realization that society can change only through work rather than any ideologies or principles. Hence, I decided to get into politics.

The environment however wasn’t favorable. I had no political background. Moreover, because I was a youth people didn’t readily believe me and my potentiality. While entering  politics, my near and dear ones were skeptical about it. But fortunately, I had a good support from my family and with their motivation and support, I am here today fully involved in politics. I am trying to change the perception of my friends by explaining that the ongoing selfish politics will lead this country to nowhere and will worsen the situation of the nation. So, what I want to say is ”its time for the youth to take the lead”. I am also developing the leadership skills in myself  to take the lead myself.

I am travelling from MECHI to LUMBINI.