सबिन बुढाथोकी SABIN BUDHATHOKI

सबिन बुढाथोकी

म सबिन बुढाथोकी नारायणी अञ्चलबाट , म स्नातक तहमा पढ्दै छ। मेरो रुचि भ्रमण, समाज सेवा र नया साथीहरु संग मित्रता बनाउनु हो। मलाई यस यात्रामा सहभागी हुन निम्न कुराहरुले उत्प्रेरित गरेको छ। उत्साहपूर्ण यात्रा, नया साथीहरु बनाउने, व्यक्तित्व बिकास, बिकासको लागि हातमा हात मिलाउने, युवा शक्तिलाई प्रोत्साहित गर्ने र सहभागिता जनाउने । यस यात्राबाट म मेरो संवाद गर्ने सिप राम्रो हुने र अन्य त्यस्ता सिपहरु पनि बढ्ने आशा छ । त्यस्तै यस यात्रा पश्चात म विकाशका लागि काम गर्ने र म जस्ता अन्य युवाहरुलाई देश विकाशका लागि उत्प्रेरित गर्दै समाजमा चल्दै आएका नराम्रा बानीव्यवहारहरुलाई दुरसाहित गर्न चाहन्छु । यस पदयात्रामा देशका लागि प्रजातन्त्र प्रक्रियामा युवा, असल शासन, उच्च साक्षारता स्तर र बाच्नका लागि राम्रो अनुकुल वातावरण जस्ता सपना बोक्दै छु । म आफ्नो गृह अञ्चलबाट लुम्बिनीसम्मको यात्रा तय गर्दै छु ।