Read a few Nepali’s dreams केहि साथीहरुका सपनाहरु पढौँ !

मेरो सपना छ, देश सफा सुगर होस् । जैविक फोहरबाट बिजुली निकालीयोस् र लोडसेडिङ्गको समस्या कम होस् । धन्यवाद मेरो सपना सुनिदिनु भएकोमा । (बोध राज मास्के )

—————————————————————-

राज मर्हजन, एक आम नेपाली नागरिक । मेरो देशको लागि मेरा सपनाहरु यी छन् । मेरो देशमा यस्तो वातावरण बनोस् कि यहाँ बस्ने प्रतेक नागरिक ४० वर्ष पुग्नुभन्दा अगाडि नै आत्मविश्वासका साथ आफ्नो क्षमतालाई महशुस गरी आफ्नो र देशको विकासकालागि पूर्ण रुपले प्रयोग गर्न सकुन् । हाम्रो शहर काठमाडौंमा रहेका सबै नदीहरुमा माछा पौडिन पाओस्। नदीको पानी पौडन सुरक्षित होस् ।

—————————————————————-

श्री कृष्ण, एक विवेकशील नेपाली हुँ । आगामी दश वर्षको लागि मेरो सपनाहरु यस प्रकारका छन्। निरपेक्ष्य गरिबी १० % भन्दा कममा झार्ने , प्रति व्यक्ति आय कम्तिमा ३ हजार डलर बनाउने, क्रय शक्ति दुई गुणा बढाउने, दैनिक बिदेशमा जानेको संख्या एक हजार भन्दा तल झार्ने, सिपालु कामदारको संख्या बढाउने, विप्रेसनको २० % भन्दा बढी उत्पादकिय क्षेत्रमा लगाउने, बाहिर रहेकाहरुको संख्या घटाउने, रोजगारी ८० % भन्दा माथि पुर्याउने मेरो सपना छ। १० हजार मेगा वाट बिद्युत उत्पादन गर्ने, लोडसेडिंग बन्द गर्ने, कर्णाली-चिसापानीको निर्माण थाल्ने, ८० % भन्दा बढी घरमा बिजुली पुर्याउने , बायो-ग्यासको प्रयोग तिन गुणा बढाउने, दाउराको प्रयोग दुई गुणा घटाउने , पाइप-पानी ७० % भन्दा बढीलाई खुवाउने , सबै घरमा शौचालयको सुनिस्चितता गर्ने पनि मेरो सपना रहेको छ ।

त्यस्तै महिला माथिको हिंसा दुई गुणा भन्दा बढीले घटाउने, सजाय कडा गर्ने, समग्र मै अपराध अहिलेको भन्दा घटाउने , साक्षरता ८० % भन्दा माथि पुर्याउने, महिलाको साक्षरता ७० % भन्दा माथि पुर्याउने , सेनाको संख्या घटाउने (विभिन्न कारणबस घटाउन नसकियला), प्रहरी संख्या बढाउने रहेको छ। सामाजिक सदभाव बढाउने, सभ्य नागरिकको संख्या बढाउने , नगरपालिकालाई अपाङ्ग मैत्री बनाउने, तिनीहरुको उपचार, शिक्षा खर्च बढाउने, सहरहरुमा हरियाली बनाउने , हाइवे पुरा गर्ने, सुरुङ्ग मार्ग पुरा गर्ने, निजगड अन्तरास्ट्रिय बिमान स्थल पुरा गर्ने, मध्ये पहाडि लोक मार्ग कालो पत्रेका साथ् पुरा गर्ने रहेको छ ।

सबै जिल्लाको सदरमुकामसम्म कालो पत्रे सडक पुर्याउने , निजामती, सरकारी कर्मचारीको पेन्सन पाक्ने उमेर कम्तिमा ६० वर्ष बनाउने (६५ वर्ष बनाउन सकिन्छ) , निर्यात बढाउने, आयात र निर्यात को अनुपात घटाउने, ब्यबसायिक औधोगिक वातावरण सिर्जना गर्ने, कृषिलाई आधुनिकीकरण, औधोगिकीकारण र जैबिकिकरण (प्रारन्गारिकीकरण/ओर्गानिक) गर्ने , नेपाल आयल निगमलाई हदै सम्मको स्वायत्त बनाउने, पेट्रोलियमको ब्यबसायमा निजि क्षेत्रलाई प्रवेश दिने, सरकारी संस्थानमा राजनीतिकरण बन्द गर्ने, खुला प्रतिस्पर्धाबाट ब्यबस्थापक छान्ने र विवेकशील नेपालीले बहुमतीय सरकार चलाउने रहेको छ।

—————————————————————-

भोजपुर घर भएका विष्णु प्रसाद आचार्य:

“मातृत्व र मातृभूमि हाम्रो गौरव हो । यही गौरवलाई साकार रुपमा परिणत गर्न कोही हैन म नै पहिले भनीअघि बढे हामी शिखर चुम्न सक्छौं भन्ने भावना हृदयङ्गम गर्नु आजको आवश्यक्ता, मेरो भावना । ”

—————————————————————-

म विधुर ,मेरो घर रुपन्देही हो । म भरतपुरमा बसेर पत्रकारिता गरिरहेको छु र पढ्दै पनि छु । हामीले यतिखेर पढाईका लागि जुन पैसा खर्च गरिरहेका छौं त्यो रकम आफुले कमाउन सकिनेमा विश्वास गर्न सकिने ठाँउ छैन । मेरो सपना भनेको देशका हरेक नागरिकलाई सरकारले उसले चाहे अनुरुपको शिक्षा प्रदान गरोस्, उसले पढाई सकेपछिको ज्ञानलाई सम्बन्धित क्षेत्रमा सदुपयोग गरोस् । देशलाई देशले नीजलाई स्व्यमसेवक बनेर केही समय दिएपछि उसको काम अनुरुप उसलाई जागिरको व्यवस्था गरिदिओस ।अनि मात्र देश बन्छ ।
देशमा दक्ष युवाशक्ति पलायन भएका छन् । हातमा सर्टिफिकेट भएर पनि लेवरको पैसामा आफ्नो अमूल्य जीवन व्यर्थ फाल्न बाध्य छौं हामी नेपाली । अब कति सहएर बस्ने यो पीडा हामी नै अगाडि बढौं। हरेक विवेकशील नेपालीले यो प्रण गरौं।

—————————————————————-

“1. There is an environment in Nepal where every Nepali is confident that she or he will be able to realize full potential in life before turning 40 years. Fishes are swimming in rivers of Kathmandu. The water is safe to swim.” Raj Maharjan

—————————————————————-

“आगामी दस वर्षको लागि मेरो सपना निम्न प्रकारको छ।

  • निरपेक्ष्य गरिबी १० % भन्दा कम मा झार्ने
  • प्रति व्यक्ति आय कम्तिमा ३ हजार डलर बनाउने, क्रय सक्ति दुई गुणा बढाउने
  • दैनिक बिदेसमा जाने को संख्या यक हजार भन्दा तल झार्ने, सिपालु कामदारको संख्या बढाउने, विप्रेसन को २० % भन्दा बढी उत्पादकिय क्षेत्रमा लगाउने, बाहिर रहेका हरु को संख्या घटाउने
  • रोजगारी ८० % भन्दा माथि पुर्याउने
  • १० हजार मेगा वाट बिद्युत उत्पादन गर्ने, लोडसेडिंग बन्द गर्ने, कर्णाली-चिसापानी को निर्मार्ण थाल्ने
  • ८० % भन्दा बढी घरमा बिजुली पुर्याउने
  • बायो-ग्यास को प्रयोग तिन गुणा बढाउने, दाउरा को प्रयोग दूइ गुणा घटाउने
  • पाइप-पानी ७० % भन्दा बढीलाई खुवाउने
  • सबै घरमा शौचालय को सुनिस्चितता गर्ने
  • महिला माथि को हिंसा दुई गुणा भन्दा बढीले घटाउने, सजाय कडा गर्ने, समग्र मै अपराध अहिलेको भन्दा घटाउने
  • साक्षरता ८० % भन्दा माथि पुर्याउने, महिलाको ७० % भन्दा माथि पुर्याउने
  • सेनाको संख्या घटाउने (बिभिन्न कारणबस घटाउन नसकियला), प्रहरी को बढाउने
  • सामाजिक सदभाव बढाउने, सभ्य नागरिक को संख्या बढाउने
  • नगरपालिका लाई अपाङ्ग मैत्री बनाउने, तिनीहरुको उपचार, शिक्ष्या मा खर्च बढाउने, सहरहरु हरियाली बनाउने
  • हाइवे पुरा गर्ने, सुरुङ्ग मार्ग पुरा गर्ने, निजगड अन्तरास्ट्रिय बिमान स्थल पुरा गर्ने, मध्ये पहाडी लोक मार्ग कालो पत्रे का साथ् पुरा गर्ने
  • सबै जिल्लाको सदरमुकाम सम्म कालो पत्रे सडक पुर्याउने
  • निजामती, सरकारी कर्मचारी को पेन्सन पाक्ने उमेर कम्तिमा ६० वर्ष बनाउने (६५ वर्ष बनाउन सकिन्छ)
  • निर्यात बढाउने, आयात र निर्यात को अनुपात घटाउने, ब्यबसायिक औधोगिक बाताबरण सिर्जना गर्ने, कृषी लाई आधुनिकीकरण, औधोगिकरण र जैबिकिकरण (प्रन्गारिकीकरण/ओर्गानिक) गर्ने
  • नेपाल आयल निगम लाई हदै सम्मको स्वायत्त बनाउने, पेट्रोलियम को ब्यबसायमा निजि क्षेत्रलाई प्रवेश दिने, सरकारी संस्थान मा राजनीतिकरण बन्द गर्ने, खुला प्रतिस्पर्धा बाट ब्यबस्थापक छान्ने
  • बिबेकशील नेपाली ले बहुमतीय सरकार चलाउने

अब कति सहेर बस्ने यो पीडा हामी नै अगाडि बढौँ । हरेक विवेकशीले नेपालीले यो प्रण गरोँ।” Bidhur dhakal
“1. Santi

Sapai nepali le nepal mai rujgari garna pau or india and aru desh ma janu naparosh.” Krishna Rijal Biratnagar

—————————————————————-
“my dream is to have the best education and hospitals in Nepal for free. Let Nepal be an example of development to the world. And the best thing would be the news saying “”Minister of Nepal rejected the invitation from the President of USA(and other developed country) due to security reason.”” hope Nepal donates damn huge amount for the development of other countries.
Hope this dream come true. Jay Nepal” Ujjwal amatya

99% literacy rate (both male and female) in 2030!

Karma tamang

—————————————————————-

“१. मेरो नेपाल मा सबै सान्ति संग बस्न पाउन
२. सबै नेपाली ( चाहे नेपाल मा बसुन चाहे बिदेशमा) ले नेपाल मेरो देश भनि गर्ब गर्न पाउन, सति ले सरापेको भनेर संधै खिन्न हुनु नपरोस
३. कागज मा मात्र होइन बास्तबिकता मा जनता सर्बोपरि होउन
राजनीतिक पार्टी, सरकार, कर्मचारी तन्त्र , न्याय सेवा, सुरछा संयन्त्र सबैले जनता को सर्बोपरि हित को लागि कम गरुन
४. स्वास्थ्य, शीछा, भौतिक पुर्भाधार मा नेपाल सम्पन्न होस्
५. उपचार नपाएर रोगले कोहि नमरुन, भोक ले कसैको ज्यान नजाओस
६. उत्पादन, पर्बर्धन, निर्यात, अनुसन्धान जस्ता कुरा देशको प्राथमिकता मा परुन
७. देश समुन्नत बन्न सकोस “

Yuba Raj Siwakoti

—————————————————————-