Category Archives: Lumbini Zone

विवेकशील पदयात्रीहरू लुम्बिनी अंचल प्रबेश- देश-व्यापी पदयात्राको २१ औं दिनमा (३ जेठ, २०७०)। शुभकामना र शुभयात्रा सबै पदयात्री साथीहरूलाई ।

मेची अंचलबाट हिंडेका पदयात्रीहरू लुम्बिनी अंचलमा । महाकालीबाट हिंडेका पदयात्रीहरू राप्ती अंचलमा ।

944593_10201153169370662_213916750_n

पदयात्रीहरू- अंगराज र पुकार ।

संयुक्त पुर्वी टोली- २१ औं दिनमा- चितवनको भरतपुरबाट हिंड्दै नवलपरासी जिल्लाको कावासोतीमा पुगी बिश्राम संयुक्त टोलीले जेठ ३- बिहान चितवन जिल्लाको भरतपुरबाट यात्रा शुरु गरि, नारायणगढ बजार र नारायणी नदी पुल पार गरेर नवलपरासी जिल्ला प्रबेश गरे । नारायणीको पुल तरेपछि अब पुर्वी टोलीले नारायणी अञ्चललाई बिदा गर्दै लुम्बिनी अञ्चल प्रवेश गरेको छ । नवलपरासीको गैंडाकोट, रजहर हुंदै र बिच बिचका चोकहरुमा सडक सन्देश कार्यक्रम गर्दै टोलीका पदयात्री साथीहरुले साँझ ८ बजे नवलपरासी जिल्लाको कावासोतीमा पुगी नवलपुर गेष्ट हाउसमा बिश्राम गरे । पदयात्रीहरूलाई खाना र बासको  व्यवस्था गरिदिनुभएकोमा ग्लोबल आइ.एम.ई. बैंक कावासोतीका शाखा व्यवस्थापक तपेन विष्टजीलाई हार्दीक धन्यवाद  । साथै शुक्रवार दिनभर हामीलाई अमुल्य साथ र सहयोग प्रदान गर्नुहुने- सबैलाई हार्दिक धन्यवाद । (पुर्वटोलीकोपुर्णयात्राविवरणयो लिंकमा हेर्नुहोला)

संयुक्त पश्चिम टोली राप्ती अंचल प्रबेश, दाङ जिल्लाको लमहीमा बिश्राम – जेठ ३ गते संयुक्त पश्चिम पदयात्रा टोलीका साथीहरुले राप्ती अन्चलको दाङ जिल्लाको पुर्व-पश्चिम राजमार्गमा पर्ने लमही बजारमा पुगी बिश्राम गरे । लमही बजारमा, बिभिन्न पेशाका युवाहरुले स्व-स्फुर्तरुपमा हामीलाई उत्साहपुर्वक साथ दिए बजारको चोकमा गरिएको सडक सन्देश कार्यक्रममा । । टोली लुम्बिनी जाने क्रममा अगाडी बढ्दैछ । नेपाललाई शान्त र संबृद्ध बनाउने हामी सबैको अठोटलाई साकार पार्न बिभिन्न पेशा (चिकित्सक, ईन्जिनियर, शिछक, सामाजिक कार्यकर्ता,  वकिल, व्यापारी, युवा उधमीहरु), का युवाहरुले हामीलाई साथ दिंदैछन् निरन्तर ।

947298_520523237983998_1179062850_n

लमही बजारमा गरिएको ‘सडक सन्देश’मा सहभागी युवाहरुको साथमा पदयात्रीहरु

सबै पदयात्रीसाथीहरूलाई शुभकामना । यस देशव्यापी-यात्रामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हामीलाई साथ, सहयोग र हौसला दिने सबैप्रति हार्दिक आभार ।

(पुर्वी टोलीकी पदयात्री साथी ज्ञानु बरालकै शब्दमा २१औं दिन जेठ गते बुधबारको यात्रा विवरण –पदयात्राको २१औं दिन जेठ ३ गते शुक्रबार – भरतपुर चितवन बाट कावासोती नवलपरासी सम्म ।

“बिहान ६ बजे बास बसिएको होटलबाट निस्किएर नारायणघाट तर्पm अगाडी बढ्यौ । नारायणघाटको भरतपुर विमानस्थल नजिकै बाट सडक सन्देश शुरु गर्दै र हाकिम चौक, पुल्चोक हुदै नारायणी नदी पार ग¥यौ । नारयणी नदी संगसंगै हामीले नारयणी अञ्चल पार गरेर लुम्बिनी अञ्चल प्रवेश गरिसकेका थियौ ।

करिब ७ बजे तिर नवलपरासी जिल्लाको प्रवेश क्षेत्रमा खाजा खायौ । अगाडी बढ्ने क्रममा गैंडाकोटमा एक जना सहयोगीले २ बोतल पानी र भुजिया हाम्रा निम्ति दिनु भयो ।  मध्य दिनको १२ः१५ बजे तिर अर्का मनकारी भेट्यौ । मुकुन्दपुर – ३ का स्थाई बासिन्दा शुक्र प्र. रेग्मीले हामीलाई नारायणी नदी छेउ तिरै देख्नु भएको रहेछ । काम विषेशले नारायणघाट गई फर्किनु भएका वहाँले आफू फर्किदा सम्म हामीले वहाँको घर कटेका छैनौ भने भेट्ने र पानी पिलाउने अठोट गरि सक्नु भएको रहेछ । पुर्व गा.वि.स. सचिव पनि रहनु भएका वहाँले पानी पिलाएर हामी संग भलाकुसारी पनि गर्नुभयो ।

करिब २ बजे हामी रजहर पुग्यौ । खाना खाने उद्देश्य रहे पनि शुक्रबार त्यहाँको बजार बन्द हुने रहेछ, सबै पसल बन्द थिए । पुष्पाञ्जली फेमली रेष्टुराँ भने खुल्ला रहेकाले त्यहाँ मःमः र चिया खायौ । सोही ठाँउमा एक अवकास प्राप्त ईन्जिनियरसंग पनि भेट भयो । आनन्दवन ५, रुपन्देहीका रघुनाथ शर्मा हाल ओभरसियरहरुलाई पढाउने र विभिन्न सिंचाई तथा जलविद्युत आयोजनामा घुम्दै पुग्ने र स्वयंसेवकको रुपमा काम गर्ने गर्नुहुदो रहेछ । व्यवस्थापनमा समेत स्नातकोत्तर गर्नु भएका वहाँले परियोजनाहरुमा व्यवस्थापन पनि गर्नु हुदो रहेछ । हामीसंग भेट भई रहदा वहाँ भरतपुर तिर गईरहेको पनि बताउनु भयो ।

दिउसो ३ः३० बजे हामी सि.जी. (चौधरी ग्रुप) को कारखाना पुग्यौ । १२ वर्ष देखि सो कम्पनीमा कार्यरत हाल उत्पादन व्यवस्थापक (प्रोडक्सन म्यानेजर) तारा श्रेष्ठसंग सम्पर्क भईसकेको थियो । शुक्रबार आगुन्तुकहरुलाई घुम्न मिल्ने नियम रहेकाले वहाँले कर्मचारी विनोद चौधरीलाई हामीलाई कारखाना घुमाई दिन भन्नु भएको रहेछ । कारखाना घुम्दै गर्ने क्रममा विवेकशील नेपालीका गोविन तिम्सीनाका मित्र रुपक काफ्लेसंग भेट भयो । हाल सोही कम्पनीको पेय पदार्थको उत्पादनमा गुणस्तर नियन्त्रण (क्वालिटि कन्ट्रोल) का लागी काम गरिरहेका रुपकले हामी सबैलाई रियो जुस दिनु भयो । उत्पादन व्यवस्थापक तारा श्रेष्ठको विचारमा सबैजना आफ्नो काम प्रति जिम्मेवार र जवाफदेही हुनुपर्छ । लोभ लालच र भ्रष्टाचार नै मुल समस्या मान्ने श्रेष्ठ हामी नेपाली काम भन्दा धेरै कुरा गर्ने भएको ठान्नुहुन्छ ।

बिच बिचका चौकहरुमा सडक सन्देश गर्दै निरन्तर हिडेर हामी साँझ ८ बजे नवलपरसी जिल्लाकै कावासोती भन्ने ठाँउमा आईपुग्यौ । विवेकशील नेपालीका सदस्य ह्तेश पन्तसंग भेट भयो र वहाँले हामीलाई भोली दिनभरी साथ दिने वाँचा पनि गर्नुभयो ।
पदयात्री साथी ज्ञानु बरालका एक मित्रको सहयोगमा ग्लोबल आइ.एम.ई. बैंक कावासोतीका शाखा व्यवस्थापक तपेन विष्टले हाम्रो निम्ती आजको खाना र बस्नको व्यावस्था गरि सक्नु भएको रहेछ । आजको बास कावासोतीमा रहेको नवलपुर गेष्ट हाउसमा भयो । भोली बिहान ७ बजे यहाँका स्थानिय पत्रकारहरुसंगको भेटघाट पनि तपेन विष्टले समन्वय गर्नुभएको छ ।

आजको यात्राको क्रममा भेट हुनु भएका र सहयोग गर्नु भएका सम्पुुर्ण मनकारीहरुलाई पदयात्री तथा विवेकशील नेपालीको तर्फबाट मुरी मुरी धन्यवाद ।”