Category Archives: Lumbini Zone

राष्ट्रनिर्माणको संकल्प गर्दै बुद्ध पुर्णिमामा विवेकशील पदयात्राको बिसर्जन

राष्ट्रनिर्माणको संकल्प गर्दै बुद्ध पुर्णिमामा विवेकशील पदयात्राको बिसर्जन -बुद्धको जन्मस्थल लुम्बिनीमा । र देश बनाउने अपुर्व यात्राको शुभारम्भ ।

आउनुहोस् बुद्धले देखाएका बाटोमा संगै हिंडौं ।lumbini

20130528-173608.jpg

देश-व्यापी विवेकशील पदयात्राको २८ औं दिन सबै ‘विवेकशील पदयात्रीहरू’ बुद्धको जन्मस्थल लुम्बिनीमा -पदयात्राको अन्तिम दिन जेठ १०,२०७०।

देश-व्यापी विवेकशील पदयात्राको २८ औं दिन सबै ‘विवेकशील पदयात्रीहरू’ बुद्धको जन्मस्थल लुम्बिनीमा -पदयात्राको अन्तिम दिन जेठ १०,२०७०।

बैशाख १४ गते मेची अंचल, झापा जिल्लाकाे बिर्तामोडबाट शुभारम्भ भएको देश-व्यापी विवेकशील पदयात्रको २८ औं दिनमा सबै १४ अंचलबाट हिंडेका ‘विवेकशील पदयात्रीहरू’ पदयात्राको अन्तिम गन्तव्य बुद्धको जन्मस्थल लुम्बिनीमा पुगेका छन् पदयात्राको अन्तिम दिन जेठ १०,२०७०।

विवेकशील पदयात्रीहरू बुद्धको जन्मस्थल लुम्बिनी नजिकै, भैरहवामा- पदयात्राको २७ औं दिनमा (९ जेठ, २०७०)। भोली बुद्धको जन्मस्थल पुग्दै ।

सबै १४ अंचलका विवेकशील पदयात्रीहरू बुद्धको जन्मस्थल लुम्बिनी नजिकै, मात्र २३ किमी टाढा भैरहवामा- देश-व्यापी पदयात्राको २७ औं दिनमा (९ जेठ, २०७०)। भोली बुद्धको जन्मस्थल पुग्दै ।

बैशाख १४ गते मेची अंचलको झापा जिल्लाबाट बुद्धको जन्मस्थल लुम्बिनीसम्मको पैदलयात्रा शुभारम्भ भएको २७ औं दिनमा आईपुगेको छ बिहिवार ९ जेठ, २०७०।

पहिले दिन, १४ गते मेचीबाट शुरू भई (र अगाडीका दिनमा क्रमश; अन्य १३ अंचलबाट) बुद्धको जन्मस्थल लुम्बिनी पुग्ने क्रममा आज बिहिवार २७ औं दिनमा सबै १४ अंचलका विवेकशील पदयात्रीहरू बुद्धको जन्मस्थल नजिकै (मात्र २३ किमी टाढा) भैरहवा शहरमा एकिकृत भएका छन् विवेकशील पदयात्रीहरू, यात्राको २८ औं दिन भोली १० गते बुद्धको जन्मस्थल लुम्बिनी पुग्नेछन् । र बुद्ध पुर्णिमाको दिन, जेठ ११ गते सम्पुर्ण पदयात्रीहरूको nepal-map.pngटोली समिटएर युवाद्वारा देश बनाउने अपुर्व यात्रा आरम्भको संकल्पका साथ लुम्बिनीमा यस पदयात्रको बिसर्जन हुने छ ।

सबै पदयात्रीसाथीहरूलाई शुभकामना । बिगत २७ दिनभर यस देशव्यापी-यात्रामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हामीलाई साथ, सहयोग र हौसला दिने सबैप्रति हार्दिक आभार ।

पुर्व र पश्चिम संयुक्त टोलीका पदयात्रीहरूको बुटवलमा मिलन-विवेकशील देश-व्यापी पदयात्रा २५ औं दिनमा (७ जेठ, २०७०)। गण्डकी-धौलागिरी टोली पनि पाल्पा जिल्लामा –

पुर्व पश्चिम दुबै टोलीका पदयात्रीहरू लुम्बिनी अंचलमा- रुपन्देही जिल्लाको बुटवलमा बिश्राम-जेठ ७ गते मंगलवार संयुक्त पश्चिम टोलीका साथीहरू पनि कपिलवस्तु जिल्लाबाट हिंडी रुपन्देही जिल्ला प्रबेश गरी बुटवल पुगेपछि जेठ ६ सोमबार नै बुटवल आईपुगेका संयुक्त पुर्व टोलीका पदयात्रीसाथीहरुसंग मिलन भयो। यसरी नेपालको सुदुर पुर्वको मेची र सुदुर पश्चिमको महाकाली बाट पैदल हिंडी, पदयात्रको २५ औं दिनमा दुबै टोलीका विवेकशील पदयात्रीहरूको मिलन भएको छ । बुटवलको विवेकशील मिलन पछि पदयात्री साथीहरुले रमाउँदै भने -’ आँट गरे के गर्न सकिन्न र ?” । दुबै टोलीको मिलन पछि, ‘विवेकशील पदयात्रा टोली’ ले बुटवल बजारका बिभिन्न चोकहरूमा सडक सन्देश कार्यक्रम गर्दै शहर परिक्रमा गर्यो ।

970484_177928865698673_1920829023_n

मंगलवार, बुटवल बजारमा सडक संदेश कार्यक्रम गर्दै ‘विवेकशील पदयात्रा टोली’का पदयात्री सहित विवेकशील नेपाली साथीहरु ।

गण्डकी-धौलागिरी टोली पनि पाल्पाको केराबारीमा बिश्राम – जेठ ७ गते मंगलवार बिहान पाल्पा जिल्लाको रानीघाट अघि बढ्दै बेलुका पाल्पाकै केराबारी आईपुगी बिश्राम गरे गण्डकी-धौलागिरी टोली । गण्डकी र धौलागिरी टोली लुम्बिनी जाने क्रममा अगाडी बढ्दैछ र नजिकिंदैछ लुम्बिनीतर्फ ।

पदयात्रा बिसर्जन कार्यक्रम (बुद्ध पुर्णिमा, जेठ ११) को पूर्व तयारी लुम्बिनीमा शुरू – विवेकशील नेपालीको ‘लुम्बिनी कार्यक्रम व्यवास्थापन समुह’ पनि लुम्बिनीमा पुगी शनिवारको बिसर्जन कार्यक्रम लागि सम्पुर्ण पूर्व तयारीका जुटेको छ ।

बुद्ध पुर्णिमाको दिन, जेठ ११ गते सम्पुर्ण पदयात्रीहरूको टोली समिटएर युवाद्वारा देश बनाउने अपुर्व यात्रा आरम्भको संकल्पका साथ लुम्बिनीमा यस पदयात्रको बिसर्जन हुने छ ।

पुर्व टोली बुटवलमा; पश्चिम टोली सालझण्डीमा र गण्डकी-धौलागिरी टोली रानीघाटमा पुगी बिश्राम-विवेकशील देश-व्यापी पदयात्रा २४ औं दिनमा (६ जेठ, २०७०)।

पुर्व टोली बुटवलमा; पश्चिम टोली सालझण्डीमा र गण्डकी-धौलागिरी टोली रानीघाटमा पुगी बिश्राम-विवेकशील देश-व्यापी पदयात्रा २४ औं दिनमा (६ जेठ, २०७०)।  

  • संयुक्त पुर्व टोली रुपन्देही जिल्ला प्रबेश  –संयुक्त पुर्व टोलीले जेठ ६ सोमबार नवलपरासी जिल्लाको बर्दघाटबाट बिहान ५ यात्रा शुरु गरी, सुनवलहुंदै ४५ किमी पैदलयात्रा तय गरि रुपन्देही जिल्ला प्रबेश गरेर बेलुका ७;३० बजे बुटवल पुगी राधाकृष्ण धर्मशालामा बास बसे । दिनभर बाटोमा हाम्रा पदयात्री साथीहरूलाई अमुल्य साथ र सहयोग प्रदान गर्नुहुने- सबैलाई हार्दिक धन्यवाद ।
  • संयुक्त पश्चिम टोली कपिलवस्तु जिल्लाको सालझण्डीमा बिश्राम- संयुक्त पश्चिम टोलीले जेठ ६ गते बिहान सबेरै ५ बजे कपिलवस्तु जिल्लाको चन्द्रौटाबाट पैदलयात्रा शुरु गरी पुर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाकै सालझण्डी पुगे र त्यहां स्थानिय युवाहरुसंग भेटघाट गरी बेलुका सालझण्डीमै बिश्राम गरे ।
  • गण्डकी र धौलागिरी अंचलका पदयात्रीहरू पाल्पा जिल्लाको रानीघाटमा बिश्राम – गण्डकी र धौलागिरी अंचल अन्तर्गत पर्बत जिल्लामा पर्ने सेती-बेनी त्रिबेणीबाट दुई अंचलको प्रतिक माटो र पानी संकलन गरी गण्डकी-धौलागिरी पदयात्रा टोलीले लुम्बिनीतर्फको आफ्नो यात्रामा शुरू गरे जेठ ६ गते सोमबार । कालीगण्डकी नदीको बांध पार गरी, स्याङजा जिल्लाको मिर्मीबाट अघि बढ्दै पाल्पा जिल्लाको रानीघाट आईपुगी बिश्राम गरे ४ पदयात्री साथीहरूले ।  शुभकामना र शुभयात्रा गण्डकी र धौलागिरी टोलीलाई ।

सबै १४ अंचलबाट पदयात्रा – १२ अंचलका पदयात्रीहरु लुम्बिनी अंचल प्रबेश। गण्डकी र धौलागिरी अंचलबाट पदयात्रीहरू क्रमशः लुम्बिनीतर्फ अघि बढ्दै- देश-व्यापी पदयात्राको २३ औं दिनमा (५ जेठ, २०७०)।

सबै १४ अंचलबाट पदयात्रा – १२ अंचलका पदयात्रीहरु लुम्बिनी अंचल प्रबेश- गण्डकी र धौलागिरी अंचलबाट पदयात्रीहरू क्रमशः लुम्बिनीतर्फ अघि बढ्दै- देश-व्यापी पदयात्राको २३ औं दिनमा (५ जेठ, २०७०)।  

  • संयुक्त पुर्व टोली  नवलपरासी जिल्लाको बर्दघाटमा बिश्राम –संयुक्त पुर्व टोलीले जेठ ५ मा- बिहान ५ बजे नवलपरासी जिल्लाको अरुण खोलाबाट यात्रा शुरु गरी, दाउन्ने हुंदै बर्दघाट पुगी बिश्राम गरे । दाउन्नेमा सडक सन्देश कार्यक्रम पनि सम्पन्न भयो । पदयात्रीहरूलाई खाना र बासको व्यवस्था गरिदिनुभएकोमा साथी राजु केसीजीलाई हार्दिक धन्यवाद । साथै दिनभर बाटोमा हाम्रा पदयात्री साथीहरूलाई अमुल्य साथ र सहयोग प्रदान गर्नुहुने- सबैलाई हार्दिक धन्यवाद ।
  • संयुक्त पश्चिम टोली लुम्बिनी अंचल, कपिलवस्तु जिल्लाको चन्द्रौटामा बिश्राम- संयुक्त पश्चिम टोलीले जेठ ५ गते बिहान सबेरै ४;१५ बजे दाङ जिल्लाको कालाकाटेबाट पैदलयात्रा शुरु गरी, बाटोमा सडक सन्देश कार्यक्रमका साथै स्थानिय एफएम रेडियोसंग कुराकानी पनि गरे । बेलुका, पुर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाको चन्द्रौटा बजारमा पुगी बिश्राम गरे पदयात्री साथीहरूले ।
  • गण्डकी र धौलागिरी अंचलबाट पनि पदयात्रीहरू क्रमशः लुम्बिनीतर्फ अघि बढ्दै  जेठ ५ गते, गण्डकी र धौलागिरी अंचलबाट पनि लुम्बिनीतर्फको यात्रा शुरू भएको छ । गण्डकी र धौलागिरी अंचलको प्रतिनिधित्व गरेर हिंडदै हुनुहुन्छ र्विवेकशील नेपालीका अगुवा उज्वल थापा र गोबिन्द नारायण तिमिल्सिना एवं ऐरिका अधिकारी र सुस्मिता बस्नेतजी ।शुभकामना र शुभयात्रा  गण्डकी र धौलागिरी टोलीलाई ।

दश अंचल पार गर्दै लुम्बिनीतर्फ अघि बढ्दैछ -विवेकशील देश-व्यापी पदयात्रा २२ औं दिनमा (४ जेठ, २०७०)।

संयुक्त पुर्वी टोली- नवलपरासी जिल्लाको अरुण खोलामा पुगी बिश्राम ।

संयुक्त टोलीले जेठ ४- बिहान नवलपरासी जिल्लाको कावासोतीबाट अरुण खोला सम्म यात्रा गरेर अरुण खोलामा बिश्राम गरे । पदयात्रीहरूलाई खाना र बासको  व्यवस्था गरिदिनुभएकोमा हाम्रा विवेकशील साथी ज्ञानेन्द्र आलेजीलाई हार्दिक धन्यवाद । साथै शनिवार दिनभर बाटोमा हाम्रा पदयात्री साथीहरूलाई अमुल्य साथ र सहयोग प्रदान गर्नुहुने- सबैलाई हार्दिक धन्यवाद ।

संयुक्त पश्चिम टोली-  दाङ जिल्लाको कालाकाटेमा बिश्राम – संयुक्त पश्चिम टोलीका पदयात्री साथीहरूले जेठ ४- बिहान ४ बजे नै लमहीबाट पैदलयात्रा शुरू गरी, युवा उधमी साथी कर्मा केसीको बाख्रापालन केन्द्रमा दिउंसोको खाना खाए । अघि बढ्दै  लालमटिया र भालुवांग बजारमा सडक सन्देश कार्यक्रम सम्पन्न गरेर लमहीबाट ३० कि.मिमा पर्ने कालाकाटे स्थित सामुदायिक बनको भवनमा बास बसे । पदयात्रीहरूलाई खाना र बासको  व्यवस्था गरिदिनुभएकोमा स्थानीय हरि सुबेदीजी र उधमी कर्मा केसी लाई हार्दिक धन्यवाद । साथै शनिवार दिनभर बाटोमा हाम्रा पदयात्री साथीहरूलाई अमुल्य साथ र सहयोग प्रदान गर्नुहुने- सबैलाई हार्दिक धन्यवाद ।

सबै पदयात्रीसाथीहरूलाई शुभकामना । यस देशव्यापी-यात्रामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हामीलाई साथ, सहयोग र हौसला दिने सबैप्रति हार्दिक आभार ।