पुकार बम PUKAR BAM

pukar

पुकार बम

मेरो गृह जिल्ला सेती अञ्चलको कैलाली हो। मैले समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर पुरा गरेको छु। म पेशाले शिक्षक र उद्यमी पनि हँु। मेरो रुचीहरुमा समाज सेवा गर्नु, पढाउनु, जनचेतनाको लागि गाँउ गाँउ जानु र संगीत हुन्। यस विवेकशील नेपालीको “युवा अघी सर्छ , देश अघी बढ्छ” भन्ने मुल नारा सहितको  राष्ट्रव्यापी अभियान र अबको नेतृत्व आफनो क्षेत्रमा दक्ष , अनुभवी र मेहनती युवाले लिनुपर्छ भन्ने आशय बोकेको हुनाले मलाई यो अभियानमा सहभागी हुन उत्प्रेरणा मिल्यो।

यस यात्राबाट म कर्ममा विश्वास गर्ने, आफनो ठाँउमा नेतृत्व लिन सक्ने र देश प्रति माया भएका जुझारु युवाहरुलाई एकबद्ध गर्न सफल हुन्छु जस्तो लागेको छ संगसंगै समय र ठाँउअनुसारको समस्या बुझेर त्यसलाई समाधानमुखी दिशातिर लाग्नसक्ने क्षमता बढ्छ जस्तो लागेको छ। नेतृत्व र नीतिनिर्माण तहमा सक्षम, आफनो छेत्रमा बिज्ञ, अनुभवी, जुझारु र कर्ममा विश्वास गर्ने युवाहरु पुगुन भन्ने सपनाहरु म आफनै पालामा अवश्य  साकार गर्नेछु।

यस अभियानको लागि म सेति अञ्चलबाट लुम्बिनीसम्मको पदयात्रा तय गर्नेछु।

My hometown is in Kailali of Seti zone. I have completed Master’s in Sociology and Political Science. Professionally, I am a teacher and an entrepreneur. I have interests in social work, teaching, visiting remote areas to bring awareness and listening to music in my free time. I want to spread the message that the nation should be lead by experts, experienced and hard-working youths and this inspired me to join the nationwide movement ‘Yuwa Aghi Sarchha, Desh Aghi Badchha”

From this campaign I believe in being action oriented, developing ability to lead from one’s place and assembling true patriots who possess capability to solve the problems according to time and circumstances. I wish capable leaders and policy makers, experts, hard workers, action oriented youths be in the frontline of the politics.

For this movement I am walking from Seti zone to Lumbini.