१४ अंचलका सम्पुर्ण विवेकशील पदयात्री टोली लुम्बिनी अंचल प्रबेश- देश-व्यापी पदयात्राको २६ औं दिनमा (८ जेठ, २०७०)।

293773_177927315698828_1982077750_n

बुटवलमा ऐकैसाथ ‘विवेकशील पदयात्रा टोली’का पदयात्री साथीहरु ।

१४ अंचलबाट हिंडेका सबै विवेकशील पदयात्राका पदयात्री टोलीहरू लुम्बिनी अंचलमा पुगेका छन्- बुधवार जेठ ८ गते गण्डकी-धौलागिरी पदयात्रा टोलीका पदयात्रीहरुले पनि पाल्पाबाट बिहानै हिंडी रुपन्देही जिल्ला प्रबेश गरी बुटवल पुगे र यसअघि नै बुटवल आईपुगेका संयुक्त पुर्व र पश्चिम टोलीका पदयात्रीसाथीहरुसंग मिलन भयो।

यसरी नेपालका १४ वटै अंचलबाट, राष्ट्र निर्माणको लागि आफ्नो पाईला चाल्दै बैशाख १४ देखी देशब्यापी पदयात्रामा सहभागी विवेकशील पदयात्रीहरू, यात्राको २८ औं दिनमा बुद्धको जन्मस्थल लुम्बिनी पुग्नेछन् ।