पुर्व र पश्चिम संयुक्त टोलीका पदयात्रीहरूको बुटवलमा मिलन-विवेकशील देश-व्यापी पदयात्रा २५ औं दिनमा (७ जेठ, २०७०)। गण्डकी-धौलागिरी टोली पनि पाल्पा जिल्लामा –

पुर्व पश्चिम दुबै टोलीका पदयात्रीहरू लुम्बिनी अंचलमा- रुपन्देही जिल्लाको बुटवलमा बिश्राम-जेठ ७ गते मंगलवार संयुक्त पश्चिम टोलीका साथीहरू पनि कपिलवस्तु जिल्लाबाट हिंडी रुपन्देही जिल्ला प्रबेश गरी बुटवल पुगेपछि जेठ ६ सोमबार नै बुटवल आईपुगेका संयुक्त पुर्व टोलीका पदयात्रीसाथीहरुसंग मिलन भयो। यसरी नेपालको सुदुर पुर्वको मेची र सुदुर पश्चिमको महाकाली बाट पैदल हिंडी, पदयात्रको २५ औं दिनमा दुबै टोलीका विवेकशील पदयात्रीहरूको मिलन भएको छ । बुटवलको विवेकशील मिलन पछि पदयात्री साथीहरुले रमाउँदै भने -’ आँट गरे के गर्न सकिन्न र ?” । दुबै टोलीको मिलन पछि, ‘विवेकशील पदयात्रा टोली’ ले बुटवल बजारका बिभिन्न चोकहरूमा सडक सन्देश कार्यक्रम गर्दै शहर परिक्रमा गर्यो ।

970484_177928865698673_1920829023_n

मंगलवार, बुटवल बजारमा सडक संदेश कार्यक्रम गर्दै ‘विवेकशील पदयात्रा टोली’का पदयात्री सहित विवेकशील नेपाली साथीहरु ।

गण्डकी-धौलागिरी टोली पनि पाल्पाको केराबारीमा बिश्राम – जेठ ७ गते मंगलवार बिहान पाल्पा जिल्लाको रानीघाट अघि बढ्दै बेलुका पाल्पाकै केराबारी आईपुगी बिश्राम गरे गण्डकी-धौलागिरी टोली । गण्डकी र धौलागिरी टोली लुम्बिनी जाने क्रममा अगाडी बढ्दैछ र नजिकिंदैछ लुम्बिनीतर्फ ।

पदयात्रा बिसर्जन कार्यक्रम (बुद्ध पुर्णिमा, जेठ ११) को पूर्व तयारी लुम्बिनीमा शुरू – विवेकशील नेपालीको ‘लुम्बिनी कार्यक्रम व्यवास्थापन समुह’ पनि लुम्बिनीमा पुगी शनिवारको बिसर्जन कार्यक्रम लागि सम्पुर्ण पूर्व तयारीका जुटेको छ ।

बुद्ध पुर्णिमाको दिन, जेठ ११ गते सम्पुर्ण पदयात्रीहरूको टोली समिटएर युवाद्वारा देश बनाउने अपुर्व यात्रा आरम्भको संकल्पका साथ लुम्बिनीमा यस पदयात्रको बिसर्जन हुने छ ।