सबै १४ अंचलबाट पदयात्रा – १२ अंचलका पदयात्रीहरु लुम्बिनी अंचल प्रबेश। गण्डकी र धौलागिरी अंचलबाट पदयात्रीहरू क्रमशः लुम्बिनीतर्फ अघि बढ्दै- देश-व्यापी पदयात्राको २३ औं दिनमा (५ जेठ, २०७०)।

सबै १४ अंचलबाट पदयात्रा – १२ अंचलका पदयात्रीहरु लुम्बिनी अंचल प्रबेश- गण्डकी र धौलागिरी अंचलबाट पदयात्रीहरू क्रमशः लुम्बिनीतर्फ अघि बढ्दै- देश-व्यापी पदयात्राको २३ औं दिनमा (५ जेठ, २०७०)।  

  • संयुक्त पुर्व टोली  नवलपरासी जिल्लाको बर्दघाटमा बिश्राम –संयुक्त पुर्व टोलीले जेठ ५ मा- बिहान ५ बजे नवलपरासी जिल्लाको अरुण खोलाबाट यात्रा शुरु गरी, दाउन्ने हुंदै बर्दघाट पुगी बिश्राम गरे । दाउन्नेमा सडक सन्देश कार्यक्रम पनि सम्पन्न भयो । पदयात्रीहरूलाई खाना र बासको व्यवस्था गरिदिनुभएकोमा साथी राजु केसीजीलाई हार्दिक धन्यवाद । साथै दिनभर बाटोमा हाम्रा पदयात्री साथीहरूलाई अमुल्य साथ र सहयोग प्रदान गर्नुहुने- सबैलाई हार्दिक धन्यवाद ।
  • संयुक्त पश्चिम टोली लुम्बिनी अंचल, कपिलवस्तु जिल्लाको चन्द्रौटामा बिश्राम- संयुक्त पश्चिम टोलीले जेठ ५ गते बिहान सबेरै ४;१५ बजे दाङ जिल्लाको कालाकाटेबाट पैदलयात्रा शुरु गरी, बाटोमा सडक सन्देश कार्यक्रमका साथै स्थानिय एफएम रेडियोसंग कुराकानी पनि गरे । बेलुका, पुर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाको चन्द्रौटा बजारमा पुगी बिश्राम गरे पदयात्री साथीहरूले ।
  • गण्डकी र धौलागिरी अंचलबाट पनि पदयात्रीहरू क्रमशः लुम्बिनीतर्फ अघि बढ्दै  जेठ ५ गते, गण्डकी र धौलागिरी अंचलबाट पनि लुम्बिनीतर्फको यात्रा शुरू भएको छ । गण्डकी र धौलागिरी अंचलको प्रतिनिधित्व गरेर हिंडदै हुनुहुन्छ र्विवेकशील नेपालीका अगुवा उज्वल थापा र गोबिन्द नारायण तिमिल्सिना एवं ऐरिका अधिकारी र सुस्मिता बस्नेतजी ।शुभकामना र शुभयात्रा  गण्डकी र धौलागिरी टोलीलाई ।