दश अंचल पार गर्दै लुम्बिनीतर्फ अघि बढ्दैछ -विवेकशील देश-व्यापी पदयात्रा २२ औं दिनमा (४ जेठ, २०७०)।

संयुक्त पुर्वी टोली- नवलपरासी जिल्लाको अरुण खोलामा पुगी बिश्राम ।

संयुक्त टोलीले जेठ ४- बिहान नवलपरासी जिल्लाको कावासोतीबाट अरुण खोला सम्म यात्रा गरेर अरुण खोलामा बिश्राम गरे । पदयात्रीहरूलाई खाना र बासको  व्यवस्था गरिदिनुभएकोमा हाम्रा विवेकशील साथी ज्ञानेन्द्र आलेजीलाई हार्दिक धन्यवाद । साथै शनिवार दिनभर बाटोमा हाम्रा पदयात्री साथीहरूलाई अमुल्य साथ र सहयोग प्रदान गर्नुहुने- सबैलाई हार्दिक धन्यवाद ।

संयुक्त पश्चिम टोली-  दाङ जिल्लाको कालाकाटेमा बिश्राम – संयुक्त पश्चिम टोलीका पदयात्री साथीहरूले जेठ ४- बिहान ४ बजे नै लमहीबाट पैदलयात्रा शुरू गरी, युवा उधमी साथी कर्मा केसीको बाख्रापालन केन्द्रमा दिउंसोको खाना खाए । अघि बढ्दै  लालमटिया र भालुवांग बजारमा सडक सन्देश कार्यक्रम सम्पन्न गरेर लमहीबाट ३० कि.मिमा पर्ने कालाकाटे स्थित सामुदायिक बनको भवनमा बास बसे । पदयात्रीहरूलाई खाना र बासको  व्यवस्था गरिदिनुभएकोमा स्थानीय हरि सुबेदीजी र उधमी कर्मा केसी लाई हार्दिक धन्यवाद । साथै शनिवार दिनभर बाटोमा हाम्रा पदयात्री साथीहरूलाई अमुल्य साथ र सहयोग प्रदान गर्नुहुने- सबैलाई हार्दिक धन्यवाद ।

सबै पदयात्रीसाथीहरूलाई शुभकामना । यस देशव्यापी-यात्रामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हामीलाई साथ, सहयोग र हौसला दिने सबैप्रति हार्दिक आभार ।