एघारौँ दिन-२४ बैशाख-पदयात्रा लोकप्रिय हुँदै

मेचीबाट हिडेका टोली जनकपुरको ढल्केबरबाट एघारौँ दिन यात्राको सुरुवात गर्दै २५ कि.मी हिडेर जनकपुर धाम आइपुगे। पदयात्रा कै क्रममा यात्रीहरुले एउटा ‘धर्म संस्था’ नामक चर्चित संस्थाले चलाउने  योग शिविरमा करिब १०० जना सहभागी बीच निकै सान्दर्भिक छलफल गर्ने अवसर पाए र जनकपुर धामको अर्थपूर्ण अनुभव गर्ने मौका पनि  पाए! सो दिन पदयात्रीहरु मिथिला धाम मै विश्राम गरे !
त्यसैगरी महाकालीबाट हिडेका पदयात्रीहरु सेती अञ्चलको धनगडीबाट आफ्नो यात्रा प्रारम्भ गर्दै ३५ कि.मी हिडेर सेती अञ्चल मै पर्ने एउटा गाउँ चौमालामा रात बिताए। यात्राको क्रममा पदयात्रीहरुको जाँगर, सोच र हौसलाबाट अभिप्रेरित भएर स्थानीय व्यापारीहरु, संस्थाका निर्देशकहरुका साथसाथै स्थानीय फुटबल संघका खिलाडीहरु पनि करिब २-३ घन्टा सँगै हिडेर साथ दिए।
भौगोलिक दृस्टीकोणले अत्यन्तै विकट मानिने कर्णाली अञ्चलबाट हिडेका पदयात्रीहरु हिजो केहि मिनेट सम्पर्कमा आउँदा आफूहरु सुरक्षित यात्रा गर्दै राती कालिकोटको चिलखाया भन्ने स्थानमा राती वास गरेको जानकारी दिए।
जटिल र कठीन यात्रा हिँडेता पनि साथीहरुको उत्साहले हामीलाई ‘गरे सब सम्भव छ’ भन्ने विचारमा सोच्न बाध्य गरेको छ।
हामी सबैको शुभकामना !